राजधानीका नाममा विराटनगरमा बन्दको प्रभाव

राजधानीका नाममा विराटनगरमा बन्दको प्रभाव

मोहन ढकाल/बिनय राजबंशी, बिराटनगर । प्रदेश १ को अस्थायी राजधानी बिराटनगरलाई स्थायी राजधानी तोकी सबै मन्त्रालय बिराटनगर महानगरपालिका भित्रै हुनु पर्ने माग राखी बिराटनगरबासीहरुले अनिश्चितकालिन विराटनगर वन्दले जनजीवन प्रभावित भएको छ ।
आज बिहानै देखि बन्दका कारणका विराटनगरवाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु चलेका छैनन् भने शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द छन् । कुनै पनि स्कुलका गाडिहरु बिद्यार्थी बोक्नका लागि बिहानै बिराटनगर लगायत अन्य स्थान तिर लागेनन् यसले के संकेत गर्याे भने आज बिराटनगर बन्द हुने रहेछ भन्दै बिद्यार्थीहरु घर फर्के ।

????????????????????????????????????

लामो समय देखि बन्द नभएको बिराटनगर फेरी बन्दको श्रृङखला शुरु भए पछि स्थानीय बासीहरु मारमा परेका छन् ।
बिराटनगरका वजार पुर्णरुपमा बन्द भए भने पसल भने आंशिक रुपमा खुलेका छन् । विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र प्रदेशलाई चाहिने सबै संरचना विराटनगर महानगरपालिका भित्रै हुनुपर्ने माग गर्दै विराटनगर महानगरपालिकाको अगुवाईमा संघर्ष समिति बनेको छ त्यो समितीले आन्दोलनको घोषणा गरेको कारण आज बिराटनगरको जनजिवन प्रभावित बनेको छ ।
बिराटनगरका बिभिन्न स्थानमा टायर बालेर बिरोध गरिएको छ भने केही स्थानमा प्रहरी र बन्दकर्ता बिच सामान्य घम्साघम्सी भएको छ । बिराटनगरको महाबिर चोक, गुन्द्री चोक, पुष्पलाल चोक, कन्चनबारी चोक लगायतका बिधिन्न स्थानमा बन्दकर्ताहरुले मोटरसाईकल कुदाउन दिएका छैनन् भने बिराटनगर प्रबेश गर्ने बिभिन्न नाकाहरुमा डोरी र बास बानेर बन्द गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.