विराटनगर । सुनसरीको बराह नगरपालिका–१० प्रकाशपुरबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध २० बोतल डाईलेक्स डि.सी. सहित सुनसरी हरीनगरा गाउँपालिका–६ घुस्की बस्ने बर्ष ४८ को काँसिद अन्सारीलाई पक्राउ गरेको हो । दिउँसो पौने १ बजे भोक्राहाबाट राजाबास आउँदै गरेको सिटी सफारीमा सवार रहेका अन्सारीलाई चेकजाँच गर्ने क्रममा बोरा भित्र लुकाई छिपाई लुकाई राखेको उक्त लागूऔषध फेला पारेको थियो । अन्सारीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी झापाको कमल गाउँपालिका–२ सुकुम्वासी टोलबाट प्रहरीले लागूऔषध सहित सोही ठाउँ बस्ने वर्ष ३० को संजिव राईलाईलाई पक्राउ गरेको छ । राईलाई प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरी टोलीले राती साढे ७ बजे शंका लागि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम–८ पिस, लुपिजेसिक–७ पिस, फेनारागन–८ पिस फेला पारेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धा भरहेको उक्त कार्यालयले जनाएको छ ।