बिद्युतको झड्काले १ को मृत्यु ५ जना घाईते

बिद्युतको झड्काले १ को मृत्यु ५ जना घाईते

विराटनगर । घरमा जडान भएको बिद्युत बाल्ने क्रममा तथा मोवाइल चार्ज गर्ने क्रममा बिद्युतको झट्का लागेर संखुवासाभामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।

बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा बिद्युत बाल्ने क्रममा तथा मोवायल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय २३ बर्षीय भुपाल बि.क., ३६ बर्षीया तारा बि.क., बर्ष १४ की मन्जु बि.क., बर्ष ६५ की भगवती बि.क, बर्ष ६० को कुल बहादुर बि.क. र बर्ष ५६ को धनमान वनेम घाईते भएका थिए ।
घाईतेहरु मध्ये भुपाल, तारा, मन्जु र भगवती बि.क.लाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाईएकोमा उपचारको क्रममा भुपाल बि.क.को राती १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । अन्य घाईतेहरुको उक्त अस्पतालमा उपचार भईरहेको छ भने कुल बहादुर बि.क. र धनमान वनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भईरहेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *