स्थानीय जातीसँग पाकिस्तानी भैँसीको क्रस

स्थानीय जातीसँग पाकिस्तानी भैँसीको क्रस

बिनय राजवंशी, बिराटनगर। स्थानिय जातको भैषिसंग पाकिस्तानी निलिरभी जातको क्रस गराई उन्नतजातका पाढापाढी उत्पादन गर्ने कार्यमा अनुसन्धानकर्ताहरु सफल भएका छन ।

भैँसीको जातको संरक्षण र अनुसन्धान गर्दै आएको राष्ट्यि भैँसी अनुसन्धान कार्यक्रम तरहराले स्थानिय जातका भैँसीसंग पाकिस्तानको निलिरभी जातको क्रस गराई उन्नत जातको पाढापाढी उत्पादन गर्न सफल भएको हो । पाकिस्तानमा पाइने निलिरभी जातको भैँसीको नेपालका स्थानिय जातका मुर्रा,अर्नाक्रस ,लिमे,पारकोटे जस्ता जातका भैँसीसंग क्रस गराई उन्नत पाढापाढी जन्माउन सफल भएको राष्ट्यि भैँसी अनुसन्धान कार्यक्रम तरहराका संयोजक रामवली साहले जानकारी दिए । उनले निलिरभी जातसंग क्रस गरेर ६ वटा पाढापाढी उत्पादन भईसकेको समेत वताए । ताकिस्तानबाट राँगाको सिमेन ल्याएर स्थानिय जातका भैँसीहरुसंग क्रस गराइएको जनाइएको छ । स्थानिय जातसंग उन्नत जातको क्रस गरी जन्माइका भैषिका जातहरु दुधालु र बलिया हुने पशु प्राविधिक स्थानेश्वर दास बताउछन । मासुका लागि समेत उन्नत जातका राँगाहरु पालन गर्नु उपयुक्त हुने पशु प्राविधिकहरु सल्लाह दिन्छन । भैँसी अनुसन्धान कार्यक्रमले वढी दुध र मासु उत्पादनका लागि भैषिको आहाराका विषयमा समेत अध्ययन अनुसन्धान गर्ने काम भई रहेको जनाएको छ । नेपालमा हाल ५०लाख जति भैँसी रहेका भएपनि माग अनुसारको दुध र मासु पुर्याउन नसकिएका कारण भैषिको उन्नत जातको अनुसन्धान गर्न थालिएको हो । मुलुकमा ७० प्रतिशत दुधको माग र ६५ प्रतिशत मासुको माग भैँसी जातले नै पुरा गर्दै आएको अनुसन्धानले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.