रिना बस्नेतको मृत्यु प्रकरणले मोरङ्गको पथरीमा तनाबग्रस्त, चक्का जाम

रिना बस्नेतको मृत्यु प्रकरणले मोरङ्गको पथरीमा तनाबग्रस्त, चक्का जाम

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा बस्दै आएकी २९ वर्षीय रुपा भनिने रिना बस्नेतको मृत्यु प्रकरणलाई लिएर पथरी बजार थप तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आफन्त र स्थानीय बासिन्दाले सुरु गरेको आन्दोलन उग्र बन्दै गएपछि नियन्त्रणमा लिन नेपाल र सशस्त्र प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । बजार, पसल र पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काए संघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका स्थानीय बासिन्दाले मंगलबार विहानैबाट टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शन र आन्दोलनका कारण राजमार्गमा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार र पसल पूर्ण रुपमा बन्द छन् ।
प्रहरीले डेरा बसेको घरको तीन तलामाथि खसेर रिनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताइरहँदा आफन्त र स्थानीय बासिन्दा भने हत्या नै भएको दावीसहित आन्दोलित बनेका हुन् । प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले घटनालाई मोड्ने प्रयास प्रहरीले गरेको आरोप लगाएका छन् । घटना भएको चार दिनसम्म पनि सत्यतथ्य पत्ता नलगाएको र दोषीलाई पक्राउ नगरेको भन्दै घटनाको विरोधमा स्थानीयले सोमबारबाट आन्दोलन थालेका हुन् । घटनाको सत्यतथ्य पत्ता लगाउनु पर्ने, दोषीलाई कारवाही हुनु पर्ने लगायतका माग राखेर आक्रोसित बन्दै आन्दोलनमा होमिएका स्थानीयले मंगलबार इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । घेराउका क्रममा आन्दोलनमा उत्रिएकाहरु नगरपालिकाको कार्यालयको गेट तोडफोड गरेका छन् । उनीहरुले पथरीशनिश्चरे –१ को कार्यालय र पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालावन्दी गर्दै नगरपालिका घेउरा गरेका छन् । नगरपालिकाको गेट तोडफोड गरिएको छ ।
आन्दोलनकारीले इलाका प्रहरी कार्यालयमा ढुंगामुडा गरेका छन् । घेराउ गर्दै ढुंगामुडा गर्न थालेपछि आन्दोलनमा उत्रिएका र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा केही आन्दोलनकारी र प्रहरी सामान्य घाइते भए पनि यकिन विवरण प्राप्त हुन सकेको छैन । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइहेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रण बाहिर जान लागेपछि दुई राउण्ड टियर ग्यास प्रहार गरेर अराजक भीडलाई तितरवितर पारिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिनुभयो । संख्यामा स्थितिलाई नियन्त्रणमा लिन भन्दै मोरङ प्रहरीले डीएसपी घनश्याम श्रेष्ठको नेत्रृत्वमा विभिन्न ठाउँबाट ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । थप मद्धतका लागि प्रहरीको रिजर्व फोर्स पनि परिचालन गरिएको छ । उत्तिकै संख्यामा सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
‘आन्दोलनका नाममा नगरपालिका र प्रहरी कार्यालय घेराउ गर्दै ढुंगामुडा हुन थालेपछि टियर ग्यास प्रहार गर्नु पर्ने स्थिति आयो,’ एसपी केसीले भने, ‘कुनै पनि अप्रिय घटना नहोस भनेर त्यहाँको सुरक्षा अवस्था कडा पारिएको छ ।’ अराजकता निम्त्याउने र भीडलाई उत्तेजित बनाउँदै तोडफोड र ढुंगामुडा गर्नेहरुलाई नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी उहाँले दिनुभयो । ‘अनआवश्यक रुपमा आन्दोलन गर्ने नाममा अराजकता मच्चाउनेहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिने छ,’ उनले भने, ‘आन्दोलनमा उत्रिएकाको ढुंगामुडाका कारण केही प्रहरी घाइते भएका छन् ।’ स्थानीय बासिन्दाले भने प्रहरीले हवाईफायर गरेको दावी गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले आन्दोलनका नाममा अराजकता मच्चाउँदै सडक अवरोध गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको बताए । उहाँले अराजकता मच्चाउने क्रम बढ्दै गए प्रशासनले पनि कठोर कदम चाल्ने चेतावनी दिनुभयो । 58079791_352189722307120_6168445735755841536_n
उत्तेजित भीडलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख दिलिपकुमार राई (किशोर) ले घटनाको सत्यतथ्य पत्ता लगाउन आफू लागि परेको बताउनुभयो । उनले प्रहरीले शंकास्पदलाई नियन्त्रणमा लिने काम गरिसकेका कारण चाँडै सत्यतथ्य बाहिर आउने आसा पलाएको बताए । राईको सम्बोधनपछि भीड केही नरम बनेको थियो ।
पथरी उद्योग वाणिज्य संघकी पूर्व उपाध्यक्ष कविता पराजुलीको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेर आफन्त र स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । उनीहरुले जति सक्दो चाँडो घटनाको यथार्थ पत्ता लगाएर दोषीलाई कारवाही हुनु पर्ने माग अघि सारेका छन् । प्रहरीले भने आन्दोलनका नाममा भइरहेको अराजकतामा यस अघि विभिन्न घटनामा संलग्न भएका कारण पक्राउ गरेर कारवाही गरिएकाहरुको बोलबाला रहेको बताएको छ ।‘आन्दोलनमा विभिन्न घटनामा संलग्न भए वापत यस अघि प्रहरीले कारवाही गरेकाहरुको संख्या धेरै देखिन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘कानुन अनुसार कारवाही गर्दाको रिस पोख्ने अवसरका रुपमा उनीहरुले रिता बस्नेत मृत्यु प्रकरणलाई सदुपयोग गरिरहेका छन् ।’
स्थिति नियन्त्रणको नेतृत्व गरेका डीसएपी घनश्याम श्रेष्ठसँग संविधानसभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोलासहितका जनप्रतिनिधि, अगुवा समाजसेवीहरुबीच घटनाको सुक्ष्म अध्ययन र अनुसन्धानका बारेमा इलाका प्रहरी कार्यालय पथरीमा छलफल पनि भइरहेको छ । प्रहरीले घटनामा संलग्न भएको हुन सक्ने आशंकामा मोरङको सुन्दरहरैंचा नगरपालिका–३ बस्ने रिनाका प्रेमी भनिएका व्यक्ति ३८ वर्षीय कमल नेपाललाई सोधपुछ र अनुसन्धानका लागि सोमबार राति बेलबारी क्षेत्रबाट नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार धेरै पहिलेदेखि कमल र रिनाबीचमा प्रेम सम्बन्ध रहेको तथा टेलिफोन सम्बाद हुने गरेको र मृत्यु भएको राति र दिउँसो पनि रिनाको मोबाइलमा धेरै पटक कमलको फोन आएको पत्ता लागेको छ ।
प्रहरीले घटनामा उनको संलग्नता हो या हैन भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने जानकारी दिएको छ । प्रहरीका अनुसार पक्राउ परेका कमल पथरीमै व्यवसाय गर्थे । वैदेशिक रोजगारीमा दुबईमा रहेका रिनाका पति सन्तोश बस्नेत पनि घटनापछि पथरी आइपुगेका छन् । उनले घटनाको निष्पक्ष छानबिन हुनु पर्ने माग गरे ।
पथरीशनिश्चरे– १ त्रीवेणी चोक साझा लाइनमा वीरबहादुर बस्नेतको घरको तीन तलामाथि डेरा बस्दै आएकी तेह्रथुम घर भएकी रिनाको शव गत शनिबार विहान घर मुनी निर्वस्त्र अवस्थामा फेला परेको थियो । कस्मेटिक पसल सञ्चालन गर्दै आएकी उनी शुक्रबार छिमेकीको नानीको जन्मदिन मनाउन गएको र त्यसपछि पथरीमै आयोजित कन्सर्ट हेर्न गएको खुलेको छ ।   १४ वर्षीय छोराका साथमा बस्दै आएकी कन्सर्टबाट छोरासँगै राति घर फर्किएको र मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीको भनाइ छ ।vlcsnap-2019-04-23-15h06m36s721
छोराले पनि आमाले मादक पदार्थ सेवन गरेको बताएका छन् । तर आफू सुतिसकेका कारण त्यसपछिको कुनै घटना थाहा नभएको उनले बताएको प्रहरीले जनाएको छ । प्रहरीले भने तीन तलामाथिबाट खसेर रिनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा खुल्ने बताएको छ । शवको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।
‘आफन्त र स्थानीय बासिन्दाले हत्या हो भनेर दावी गरिरहेका छन् । हत्या जस्तो विषय बोलेर मात्रै पनि हुँदैन । त्यो अनुसन्धानमा देखिनु पर्छ,’ एसपी केसीले भन्नुभयोे, ‘शव र घटनाको प्रकृति हेर्दा हेर्दा लडेर मृत्यु भएको घाउ चोट बाहेक केही पनि देखिंदैन । प्रहरीले घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त हुन साथ सबै कुरा प्रष्ट हुन्छ ।’ घटनाको अनुसन्धान थालेको प्रहरीले रिनाले प्रयोग गर्ने मोबाइलका बारेमा पनि अनुसन्धान थालिसकिएको जनाएको छ । प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला परिनसकेको बताए पनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गरिरहेका छन् । रिनाका जेठाजु दुर्गावहादुर बस्नेतले शवको प्रकृति हेर्दा हत्यानै गरेको पुष्टि हुने दावी गर्नुभयोे । उहाँले प्रहरीले घटनाको सत्य तथ्य लुकाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.