स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

स्वयम् सेवक दिवशका अवसरमा बिद्यार्थीहरुलाई सहयोग

अजय कुमार मण्डल, सुनसरी । सुनसरीको देवानगंज गाउँपालिकामा स्ंवयम् सेवक दिवशका दिन १५ जना विधार्थीहरुलाई विभिन्न किसिमका खेलसामाग्रीहरु बितरण गरेको छ ।
आजोजक जिवन विकास समाजले दिवशका अबसर पारेर छात्र तथा छात्राहरुलाई सामाग्रीहरु बितरण गरेको हो । संस्थाका प्रतिनिधि दामोदर रेग्मीले उक्त कार्यक्रमको कार्यक्रमका उदघाटन गरेका थिए भने कार्यक्रम संचालन राजेश साहले गरेका थिए ।vlcsnap-2019-04-21-14h55m19s632-2
बिगत बर्षहरु देखि नै जिवन विकासले विभिन्न किसिमका कार्यक्रमहरु यस गाउँपालिकामा गर्दे आएको छ । सोही अवसरमा चोक, मन्दिर, बिद्यालय लगायत सार्बजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । यसै गरी विपन्न वर्ग तथा समुदायहरुलाई घर बनाउन सहयोग गरेका छन् जसबाट चार हजार स्थानीय जनतालाई आर्थिक सहयोग गरेको संस्थाका प्रमुख राजेश कुमार साहले बताएका छन् ।
कार्यक्रममा सोही आसपासका ५ वटा स्कूलहरु श्री माध्यमिक विधालय देवानगंज, श्री कृष्णा उच्च मा.वि देवानगंज गा.पा –३, अमर सिंह मा.वि साहेबगंज, जनता आधारभुत नि. मा. वि. मध्यहर्षाही, हरिनगरा उच्च मा. वि. हरिनगरका विधार्थीहरु सहभागि रहेका थिए । श्री कृष्णा उच्च मा. वि. का विधार्थी प्रथम स्थान ल्याई भने दोस्रो स्थानमा पुरस्कृत हुने जनता मा.वि.मध्यर्हषाहीका विधार्थी साथै तेस्रो स्थान मा अमर सिंह मा.वि.सेहावगंज र हरिनगरा मा.वि. हरिनगर गा.पा. का विधार्थीहरु रहेका थिए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *