केही दिन देखी रोकीराखेको बसमा आगजनी

केही दिन देखी रोकीराखेको बसमा आगजनी

अजय कुमार मण्डल
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मा केही दिनदेखि रोकिराखेको बसमा आज विहान आगजनी गरिएको छ । सर्लाही जिल्लाको लालबन्दी घर बताउने अन्दाजी ३० वर्षीय रामहरि माझीले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । माझीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उनले ना ४ ख ४९ नम्बरको बसमा विहान साढे ३ बजे तिर आगजनी गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । उहाँका अनुसार आगजनी गर्नु पर्ने कारण भने खुलिसकेको छैन ।
घटनास्थल नजिकै मालबाँसे पेट्रोल पम्प र केही घरहरु पनि रहेका थिए । प्रहरी र दमकलले तत्काल आगो नियन्त्रणमा लिन सकेका कारण अन्यत्र फैलिएर ठूलो क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताउनु भयो ।
उहाँका अनुसार आगजनीका कारण बसमा पूर्ण रुपमा क्षति पुगेको छ । माझीले केही समयदेखि उर्लाबारीकै एउटा होटलमा काम गर्दै आएको खुलेको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर होटलबाट हिजो साँझ निस्किएका माझीले रातभर त्यही बसमा सुतेको र विहानपख लाइटरको प्रयोग गर्दै आगजनी गरेको एसपी केसीले बताउनु भयो ।
बस कसको हो भन्ने बारे पनि खुलिसकेको छैन । घटनाका बारेमा कोही कसैले जाहेरी दिइनसकेको प्रहरीले जनाएको छ । सम्बन्धित धनीबाट जाहेरी परेपछि कानुनी कारवाही अघि बढाउने प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.