अटोरिक्सा र मोटरसाइकल एकआपसमा ठोकिदा २ जना घाइते

अजय कुमार मण्डल ,सुनसरी । विराटनगरबाट यात्रु बोकेर देवानगंज गइरहेको अटो शुत्रवार बिहान सुनसरीको बर्जु गाउँपालिकाको अमाहिबेलहा मा दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेर दुई जना घाइते भएका छन । को २ ह ४०४७ नं. को अटोरिक्सा र को २४ प ७७६१ नंम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक र अटोमा सवार एक जना घाइते भएका छन । घाइते दुवै जनाको उपचार भइरहेको सितागंज प्रहरीले जानकारी दिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *