पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटना, सवैको निधन भएको दाबी

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जना चढेको हेलिकप्टर दुर्घटना, सवैको निधन भएको दाबी

विराटनगर । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

heli1

क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए ।उनीहरु तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ उडेका थिए ।

हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङ्छिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अ‌ंङगरक्षक अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार युवराज दाहाल, प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभया थिए । स्थानीय प्रत्यक्षदर्शीहरुका अनुसार ठुलो आवाजसहित हेलिकप्टर खोँचमा खसेको र धुँवाको मुस्लो देखिएको थियो । दुर्घटनास्थल पुगेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुले शव भेटिएको पुष्टि गरेका हुन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *