स्वतन्त्र पत्रकारहरु सक्षम नेतृत्वको पक्षमा

स्वतन्त्र पत्रकारहरु सक्षम नेतृत्वको  पक्षमा

विराटनगर÷पेशागत निष्ठा भएका संघर्षशील, इमान्दार तथा दक्ष पत्रकार बीचबाट नेपाल पत्रकार महासंघ मोरङ शाखाको नया“ नेतृत्व चयन गर्न स्वतन्त्र पत्रकारहरुले माग गरेका छन् ।
बुधबार कुनै पनि दलस“ग निकट वैचारिक पत्रकारको संस्थास“ग आवद्ध नरहेका मोरङमा कार्यरत स्वतन्त्र पत्रकारहरुको भेलाले पेशागत रुपमा दक्ष तथा सक्षम नेतृत्व चयनका लागि आह्वान गरेको छ ।
मोरङका अग्रज तथा स्वतन्त्र पत्रकार मोहन भण्डारीको संयोजकत्वमा भएको भेलाले जुनसुकै वैचारिक समूह भएपनि सक्षम नेतृत्वका लागि पहल गर्ने निर्णय गरेको छ । भेलाले सक्षम नेतृत्व निर्माणका लागि पहल गर्न विजय खतिवडाको संयोजकत्वमा सुभाष कार्की र महानन्द सापकोटा सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।
समितिले सक्षम नेतृत्व सर्वसम्मत नेतृत्व चयन गर्न प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी, मधेशी, दलित, महिला पत्रकारको नेतृत्व वर्ग तथा पत्रकार महासंघ मोरङ शाखाका पूर्व तथा वर्तमान सभापतिस“ग अन्तरक्रिया गर्नेसमेत निर्णय गरेको स्वतन्त्र पत्रकार मोरङका पूर्व संयोजक महाप्रसाद खतिवडाले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *