धरानको विभिन्न स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

धरानको विभिन्न स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिकाको विभिन्न स्थानबाट प्रहरीले मंगलवार प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । धरान उप-महानगरपालिका-८ तीनकुनेबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित धरान-८ बस्ने बर्ष ३० को निरज धामी र दिपेश श्रेष्ठलाई साँझ ६ बजे पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले इटहरीबाट धरान जाँदै गरेको को ३६ प ४००० नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार दिपेश श्रेष्ठले लुकाई राखेको १ ग्राम ५ सय मिलीग्राम ब्राउन सुगर फेला पारी दुवै जनालाई नियन्त्रणमा लिईएको हो ।

 त्यसैगरी राती ८ बजे सोही स्थानबाट प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने बर्ष ३६ को सन्देश श्रेष्ठलाई लागूऔषध सहित पक्राउ गरेको छ ।  विराटनगरबाट धरान जाँदै गरेको को १ ज १०५७ नम्बरको माईक्रो बसमा सवार श्रेष्ठलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध  स्पास्मोप्रोक्सिभोन ट्याव्लेट-१ सय २० चक्की फेला पारी बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले  लागूऔषध सहित सोही स्थान बस्ने बर्ष १८ को उज्वल कार्कीलाई पक्राउ गरेको छ ।  कार्कीलाई साँझ सवा ६ बजे शंकास्पद अवस्थामा हिडिरहेका श्रेष्ठलाई चेकजाँच  गर्ने क्रममा लागूऔषध ट्रामाडोल-१ सय २० ट्याब्लेट र सपास्पल-१ सय २० ट्याबलेट फेला पारी बरामद गरेको हो । लागूऔषध सहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेकोक उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.