उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका( ४ डुम्रेमा शनिवार दिउँसो आगलागीबाट ५ घर जलेर नष्ट हुँदा ६६ लाख मूल्य बराबरको क्षति भएको छ । दिउँसो १ बजे आचानक भएको आगलागीबाट सोही स्थान बस्ने कमल बहादुर कार्की, बिदुर कार्की, दिपक कार्की, राजेन्द्र बङ कार्की र ज्ञान बहादुर कार्कीको घर तथा ७ वटा गोठ लगायत ५४ वटा चौपाया सहित सम्पूर्ण सामान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।