सरकारको केही राम्रो कामको प्रंशसा– गगन थापा

सरकारको केही राम्रो कामको प्रंशसा– गगन थापा

इलाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सरकारले जनताका आधारभुत कुरा पनि सम्वोधन गर्न नसकेको आरोप लगाउनु भएको छ । तर सरकारले गरेका केही राम्रो कामको हामी सबैले प्रंशसा गर्नु पर्ने बताएका छन् । राम्रोलाई राम्रो भन्नु पर्छ नभए देशको बिकास हुदैन् । बिरोध मात्र निकास हैन् । हामी युवा त पोजिटिभ पनि हुन पर्छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले सदरमुकाममा गरेको अन्तरक्रिया कार्यक्रममामा थापाले यस्तो आरोप लगाउनु भएको हो ।

देशमा दण्डहिनता बडेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन नसकेको धारणा ब्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसले हालको ब्यवस्था ल्याउन र राज्य पुनरसंरचनामा लैजान प्रमुख भुमिका खेले पनि दलहरुको बैचारिक सिद्धान्त त्यागका कारण कांग्रेस बाहिर बस्नु परेको वताउँदै उहाँले कार्यकर्तालाई निराशा नहुन आग्रह गर्नुभयो । नेपाली काग्रेस प्रतिपक्ष नभई संविधान कार्यन्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उहाँले सरकारका गल्ति सुर्धान कांग्रेस सँधै खरो रुपमा प्रस्तुत हुने वताउनुभयो ।

सरकारले हाल जे गरेपनि हालको ब्यवस्था ठिक रहेको र ब्यवस्था बदल्ने तिर जान नहुने तर्क उहाँले राख्नुभयो । सरकारको गतिविधिले नेकपालाई मत दिने जनता आफैँ आज पछुतो मान्न थालेको वताउँदै उहाँले पुन कांग्रेस तर्फ जनताको आकर्षण वढेको उहाँको तर्क छ ।  फरक प्रसंगमा उहाँले आगामी ९ अर्थात पर्सीदेखी नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्ने र कांग्रेसले दुई महिने कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत अव केन्द्र स्तरका नेतालाई गाउँ खटाउन केन्द्रिय कार्य समितिको पहल भइरहेको पनि उहाँले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.