विराट गोल्डकप नहुने

विराट गोल्डकप नहुने

विराटनगर÷पूर्वाञ्चलकै पुरानो र प्रतिष्ठित प्रतियोगितामा पर्ने विराट गोल्ड कप यो वर्ष नहुने भएको छ ।
पटक पटक रोकिदै हुदै आएको यो प्रतियोगिता पुर्व निर्धारीत मिती अनुसार माघ अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म हुनुपर्ने हो । तर जिल्ला खेलकुद विकास समितीले विराटनगरको शहीद मैदान छ महिनासम्म कसैलाई नदिने भनेर निर्णय गरेपछि विराट गोल्ड कप फेरी एक पटक अनिश्चित बनेको छ ।
विराट गोल्ड कप महेन्द्र गोल्ड कपको नामबाट २०१८ सालदेखि शुरू भएको हो । नियमित रूपमा सञ्चालन भइरहेको गोल्ड कप २०५७ सालदेखि अबरूद्ध हुनपुग्यो । लामो समयदेखि हुन नसकेको गोल्ड कपको नाम फेरेर विराट गोल्ड कपको नाममा झण्डै ११ बर्षपछि पुनः २०६८ सालमा शुरू भएको थियो । आर्थिक अनियमितता बढेपछि २०७० सालमा हुन नसकेको गोल्ड कप आयोजक फेरेर २०७१ सालदेखि पुनः शुरू भएको थियो । दुई वर्ष राम्रो ब्यबस्थापनका साथ भएको विराट गोल्ड कप, मोरङ जिल्ला खेलकुद विकास समितीले मैदान मर्मत भइरहेको भन्दै मैदान नदिने निर्णय गरेपछि फेरी यो प्रतियोगिता नहुने देखिएको छ । तर विराट गोल्ड कप फुटबल ट्रष्टले भने शहीद मैदानको अबस्था खेलकुद गतिबिधी गर्न रोक्नैपर्ने स्थिती नभएको विराट गोल्ड कप फूटबल ट्रष्टका कार्यबाहक अध्यक्ष सन्तोष बानियाँ बताउनुहुन्छ । शहीद रङ्गशालाको विकल्प पनि नभएको बानियाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.