महेश होमियो दातब्य(निःशुल्क) औषधालयमा दैनिक ५० जना बिरामीहरुको भिड

महेश होमियो दातब्य(निःशुल्क) औषधालयमा दैनिक ५० जना बिरामीहरुको भिड

बिराटनगर । महेश होमियो दातब्य(निःशुल्क) औषधालय घोकापुलमा दैनिक ५० जना भन्दा बढी बिरामीहरु सेवालिदै आएका छन् ।
यही आर्थिक बर्ष २०७५ श्रावण देखि माघ १५ गते सम्म ३ हजार ६ सय ४५ जना भन्दा बढी बिरामीले सेवा लिई सकेका छन् । बि.स. २०७२ साल देखि हाल सम्म यो संस्थाको संयोजक घनेश्याम राठी हुन् । उनैको अगुवाईमा बिभिन्न सेवाहरु बिस्तार समेत हुन थालेका छन् भने बिरामीहरुको संख्यामा समेत बृद्धि हुन थालेको छ ।50889842_1995436270525488_6881544387180888064_n

यहांको सेवा राम्रो भएर नै यहा सेवा लिन बिरामीहरु, झापा, सुनसरी, मोरगं, धनकुटा लगायत स्वदेशका बिभिन्न स्थानहरु तथा जोगमनी, फारबिंशगञ्ज लगायत भारतबाट समेत आउने गरेका संयोजक राठीले बताए । यस आर्थिक बर्ष भित्र ७ हजार ५ सय बिरामीहरुको सेवा गर्ने लक्ष्य राखेको संयोजक राठीले बताए भने गत आर्थिक बर्षमा ५ हजार १ सय ९१ जनाले सेवा लिएका थिए । नेपाल महेश्वरी सभा अन्तर्गत २०३९ सालमा स्थापित भई हाल सम्म बिरामीहरुको सेवा पुराएको छ ।
बार्षिक ३ लाख आर्थिक खर्च हुने यो औषाधलयमा बिगत ६ बर्ष देखि जीतेन्द्र कुमार राठी र जुगल किशोर राठीको सयुक्त सहयोगबाट बार्षिक रु ७० हजार बराबरको औषधी खरिद गरिन्छ भने अन्य खर्च बिभिन्न मन भएका सहयोगीहरुले दिने गरेको संयोजक राठीले बताए । यो औषाधलय दिनहुं बिहान ९ बजे देखि १ बजे सम्म खुल्ने गर्दछ । डा. आशिष कुमार राय बिगत १० बर्ष देखि काम गर्दै आएका छन् भने ६ बर्ष देखि कार्यालय सहायकका रुपमा रेखा गुप्ता काम गर्दे आइरहेकी बताउछिन् । बिरामीहरुबाट दर्ता शुल्क रु.३० लिने गरिन्छ । तर औषधालयमा उपलब्ध भएको औषधी मात्र दर्ता शुल्क तिरे पछि निःशुल्क औषधी र डाक्टरी सेवा उपलब्ध गराउदै आएको संयोजक घनेश्याम राठीले बताए । यहां आई सके पछि धेरै बिरामीहरु निको हुने गरेको अनुभव सुनाउछन् । साउदी अरबमा काम गर्दै आएका बिराटनगर–१४ निबासी ३२ बर्षिय त्रिलोकीनाथ शाहले यहां दवाई खाई सके पछि २ टुक्रा पथ्थरी निस्केको अनुभव सुनाउछन् । लगातार १ महिना दवाई सेवन गरे पछि उपचार राम्रो भएको हो । यसै गरी कानको समस्या लिएर आएका बिराटनगर–२ निबासी ४० बर्षिय रोशन बंशलले होमियोप्याथिक दवाईले राम्रो र साईड इफेक्ट नभएको हुनाले म यही सेवा लिन आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.