एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न

एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न

विराटनगर । दुई दिने सम्म सञ्चालन भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ ।
मुलुकले लिएको समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउने गरि विद्यालयहरुले भूमिका खेल्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।  उनले आर्थिक समृद्धिको कुरा गरिरहँदा त्यसलाई सार्थक बनाउने गरि दक्ष जनशक्ति निर्माणमा ध्यान पु¥याउन आग्रह गरे ।

शिक्षा व्यवहारिक, जीवनोपयोगी हुनुपर्ने धारणा राख्दै सभामुख भण्डारीले उत्पादित जनशक्तिहरु दक्ष र देशको सेवा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । अबको शिक्षा वैज्ञानिक र रोजगारमुलक हुनुपर्ने बताउँदै सभामुख भण्डारीले भने,‘त्यसो गर्न सके मात्र देशले समृद्धी हासिल गर्छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विगत २५ वर्षमा विद्यालयले गरेको प्रगति र त्यसका विविध पक्षमा प्रकाश पारे । थोरै विद्यार्थीबाट शुरु भएको विद्यालय आज देशकै उत्कृष्ट बन्न सफल भएको बताउँदै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु बेरोजगार बस्नुनपरेको पुरीले जानकारी दिए ।
पुरीले शिक्षा क्षेत्रमा विभिन्न स्थानबाट प्रहार हुन थालेको र सरकारले पनि ढुलमुले निति लिन खोजेको बताउँदै त्यसबाट शिक्षालाई अन्यौलतातर्फ लगेको बताए । उनले उच्चस्तरीय शिक्षा आयोगले सिफारिस गरेको कतिपय विषय निजि विद्यालय मैत्री नभएको बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले पनि बोलेका थिए । शुक्रबारको कार्यक्रममा विद्यालयका संस्थापक धु्रव सुवेदी, विद्यालयका शुभचिन्तक एवं पूर्व सांसद हर्कमान तामाङ, शिक्षीका शारदा ढकाल र कर्मचारी मञ्जु थापालाई सम्मान गरियो । दुई दिनसम्म चलेको समारोहमा बालबालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.