मासु व्यवसायिहरुको लागि ३ दिने हेफर आधारशिाला तालिम समपन्न

मासु व्यवसायिहरुको लागि ३ दिने हेफर आधारशिाला तालिम समपन्न

विराटनगर । स्वच्छ मासु आजको आबश्यकता लाई सहयोग पुराउन मासु ब्यबसायीहरुका लागि तालिम बिराटनगरमा ३ दिने हेफर आधारसिला तालिम सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिका भित्र रहेका मासु ब्यबसायीहरुलाई स्वच्छ र सफा मासु उपलब्ध गराउन हेफर परियोजनाले सो तालिम दिएको हो । मासु ब्यबसायीहरु नेपाल सरकारको ऐन र परिधि भित्र बसी सफा र गुणस्तर युक्त मासु बिक्री बितरणमा सहयोगको लागि ब्यबसायीलाई उत्प्रेरित गरिएको हेफर ईन्टरनेशनल नेपाल ईटहरी कल्सटर कार्यालयका कार्यक्रम प्रबन्धक उमाशंकर यादव बताए । cst-2
मासु व्यवसायिहरुकोको क्षमता अभिबृद्धि गनर्,े समग्र व्यवसाय विकास र मानिसको जीवन परिबर्तनका लागि हेफरका १२ आधारशिलाहरुमा छलफल गर्दै व्यवसायको प्रबद्र्धन र विकासमा यी आधारशिलाहरुको व्यवहारिक प्रयोगका क्षेत्रहरु उजागर गर्ने उदेश्यले तालिम सन्चानल भएको हो । बिभिन्न चरणमा ६५ जना सहभागि रहेको सो तालिममा स्वादिलो मासु र ताजा आम उपभोक्तालाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने कुराको छलफल भएको छ । बिराटनगर महानगरपालिका भित्र मात्र दैनिक १५४ वटा खसि काटिने अर्थाथ दैनिक ३४ सय केजी मासु खपत हुने गरेको छ यसै गरी १ सय ८ जना कुखुरा ब्यबसायीहरुले दैनिक ५ हजार केजी कुखुराको मासु बेच्ने तथ्यागं रहेको छ । मासु व्यवसायिहरुको सहभागिता रहेको सो तालिमको उदेश्य माथि प्रकाश पार्दै कार्यक्रम प्रबन्धक यादवले सबै नगरपालिका भित्र मासजन्य पदार्थलाई ब्यबस्थित पार्नु आजको आबश्यकता रहेको बताएका छन् । तालिममा सहभागि मासु ब्यबसायीहरु आशा देवि चौधरी, मोहमद सन्वाद र बिराटनगर ७ स्थित मासु ब्यबसाय गर्दै आएका अलिहसन कुरेसी हामी मासु व्यवसायिहरुले यस तालिमले हाम्रो जिवन र व्यवसालाई प्रभावकारी बनाउन,स्वचछ र स्वस्थ मासु उपभोक्ताहरुलाई उपलब्ध गराउने दायित्व र राज्य प्रतिको दायीत्व अनुभुति हुनुको साथै आफनो व्यवसायमा भएका कमी कमजोरी सुधार्नेको बारेमा सिकाई भएको बताएका छन् । हामि बिराटनगरमा निर्र्माण भईरहेको पशुबधशाला निर्माण र व्यवसथापन मा सहभागि हुन र सहकार्य गर्न प्रतिबद्ध छौ । हेफरको सहयोगमा बिराटनगर महानगरपालिकाले आधुनिक बदशाला निर्माण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.