के बिराटनगर उपमहानगरपालिका, महानगरपालिका बन्ला ?

के बिराटनगर उपमहानगरपालिका, महानगरपालिका बन्ला ?

बिराटनगर । मोरङ जिल्लाबाट निर्बाचित तथा मनोनित सांसदहरुको बिराटनगर उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सक्रिय पहल नगरेपछि सबत्र आलोचना शुरु भएको छ ।
सबै साधन र साध्य भए पनि महानगरपालिका नहुनु मा स्थानीय नेता नै यसेको मुख्य दोसी देखिएका छन् । ४ वटा नगरपालिका भन्दा बिराटनगर किन भएन ? भन्ने प्रश्न उठन थालेको छ । तर ढिलो भए पनि संसदहलमा यो कुरा उठन थालेको छ । स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन् । संसद बैठकमा बोल्दै मोरङका सांसद पोखरेलले चक्रपथलाई आधार मानेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने बताएका छन् ।
म सरकारलाई आग्रह गर्न चाहन्छुः विराटनगरका हकमा आयोगले सिफारिश गरेको सिफारिश पुनरावलोकन गरी पूर्वको केन्द्र विराटनगर र चक्रपथ आधारित महानगरपालिका घोषणा गरिपाउँ’, सांसद पोखरेलले भनेका छन् ।
जनतालाई अधिकार सम्पन्न पार्नेगरी नयाँ संविधान जारी भए पनि यो निर्णय बद्नियतपूर्ण भएको उनको भनाइ थियो । मोरङबासी जनता दर्जनौं पटक राजनीतिक नेतृत्व तथा आयोगमा पुगेको उल्लेख गर्दै उनले भने, ’विराटनगरलाई महानगरपालिका बन्नबाट रोक्ने को हो? यो सार्वजनिक हुन जरुरी छ’, एमाले सांसद पोखरेलले भने ।
विराटनगर उपमहानगरपालिकाको उत्तरस्थित टंकिशिनिवरी गाविसमा अधिकांश उद्योगधन्दा अवस्थित छन् । चक्रपथ आधारित महानगरपालिका घोषणा गर्दा सो क्षेत्र समेट्नुपर्ने हुन्छ । महानगरपालिकाभित्र करको दर गाविस भन्दा बढी हुने भएकाले त्यहाँस्थित उद्योगपतिले कांग्रेस नेता शेखर कोइराला सहितलाई प्रभावमा पारेर विराटनगरलाई महानगरपालिका प्रस्ताव गर्न रोकिएको चर्चा भइरहेका बेला संसदमा यो विषय उठेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.