पूर्वाञ्चल बिश्वबिद्यालयको रजत महोत्सब–२०७५ को तयारी पुरा

पूर्वाञ्चल बिश्वबिद्यालयको रजत महोत्सब–२०७५ को तयारी पुरा

गोमा खतिवडा(आचार्य)
बिराटनगर । पूर्वाञ्चल बिश्वबिद्यालय केन्द्रिय कार्यालय बिराटनगरले २५ औ बार्षिकोत्सव एबम् रजत महोत्सब– २०७५ मनाउने भएको छ ।
अगामी पौष १९ गते हुने रजत जयन्तीमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति बिद्यादेबि भण्डारी आउने भए पछि सो कार्यक्रम पुरा भएको जानकारी आज पत्रकार सम्मलेन गरेर बिश्वबिद्यालयले सार्बजनिक गरेको छ । उपकुलपति प्रा.डा. घनश्यामलाल दासले राष्ट्रपति आउने भए पछि बिभिन्न समिती बनाएर कार्यक्रमलाई भब्यरुपमा सम्पन्न गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
पूर्वाञ्चल बिश्वबिद्यालयले ९ वटा आंगिक क्याम्पस सन्चालन गरेको छ भने २८ हजार बिद्यार्थीहरु बिभिन्न संकायहरुमा हाल अध्ययरत रहेको पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. दासले जानकारी दिएका छन् । बिगतमा बिग्रेको छबि सुधार्न बिश्वबिद्यालयले बिभिन्न शैक्षिक कार्याक्रम ल्याएको र शैक्षिक क्यालेन्डर अनुुसार समयमा नै परिक्षा सञ्चालन गर्ने र परिक्षाको रिजल्ट पनि तोकिएको समयमा प्रकासन गर्ने परिपाटी गरीसकेको जानकारी गराएका छन् । मोरगं जिल्लाको गोठगाउंमा ८सय ५ बिगाहा क्षेत्रफलमा फैलिएको बिश्वबिद्यालयका बिभिन्न ठुला ठुला भवनहरु रहेका छन् भने बिभिन्न थप शैक्षिक कार्यक्रम सञ्चालन गरिहेकोले यो रजत महोत्सबलाई भब्य बनाउन पुरै बिश्वबिद्यालय लागि परेको महाशाखा प्रमुख राजेश झाले बताएका छन् ।
कार्यक्रममा बिश्वबिद्यालयलाई समय समयमा सहयोग पुराउने बिभिन्न महानुभावहरुलाई सम्मान गरिने भएको छ भने बिश्वबिद्यालयका प्रध्यापक संघका सभापति नरेश कुमार शाह, रजिष्ट्रार प्रमिला थापा लगायतले आफना कुरा राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.