नेपाल सरकारले लगाएको भारुनोटको प्रतिबन्ध पछि झापा जिल्ला यसको असर एक रिर्पोट

नेपाल सरकारले लगाएको भारुनोटको प्रतिबन्ध पछि झापा जिल्ला यसको असर एक रिर्पोट

झापाबाट पुजन घिमिरेको एक रिर्पोट
झापा । भारतीय रुपैया दुई हजार, एक हजार, पांच सय लगायत दुई सयका नोटहरुलाई नेपाल सरकारले प्रतिबन्द्ध लगाउने पुरानै सरकारको योजनालाई निरन्तरता दिएको छ । सरकारले दुइहजार, पाँचसय दुईसय दरका भारतीय नोटको चलनचल्तिमा प्रतिबन्ध लगाएसँगै त्यसको असर झापाका बजारमा समेत देखिन थालेको छ । केही दिन अघिबाट त्यस्ता नोटमा प्रतिबन्ध लगाएपछी अहिले झापाका सिमावर्ती बजारहरुमा क्रमश त्यसको असर देखापर्न थालेको हो ।ind-2
झापाको भद्रपुर, झापाबजार, काकडभिट्टा लगायतका सिमावर्ती बजारमा ठूला भारतीय नोटको अभाव हुदाँ कारोबारमा असर परेको छ । सय रुपया भन्दा माथिका भारतीय नोटको चलनचल्तिमा सरकारी प्रतिबन्धका कारण राजस्व असुलिमा प्रत्यक्ष असर नपुगेपनि आम नागरिकको दैनिकीमा प्रभाव देखिन थालेको छ । प्रतिबन्धका कारण काकडभिट्टा नाका भएर नेपाल छिर्ने पर्यटकहरु नोट नसाटिएपछी काकडभिट्टाबाटै फर्कन थालेको मेची कार्यालय भन्सार काकडभिट्टाका कर्मचारी राम अधिकारी बताउछन् ।
त्यस्तै नोटको चलनचल्तिमाथिको प्रतिबन्धका कारण काकडभिट्टा र भद्रपुरका सटहि काउण्टरहरुले समेत माग अनुसार नोट साट्न नसकिएको बताएका छन् । उनिहरुले एक सय र सो भन्दा साना नोटको भरमा मात्रै सिमावर्ती बजारको कारोबार धान्न नसकिने अर्का ब्यवसायि चन्द्र प्रसाद सिटौलाले बताए ।
त्यस्तै सिमावर्ती क्षेत्रमा ब्यवसाय संचालन गर्दै आएका केही ब्यापारिले पनि नोटमा प्रतिबन्ध लागेपछी कारोबार ठप्प भएको बताए । उनिहरुले बिगतको तुलनामा ५० प्रतिशतले कारोबार घटेको स्थानीय ब्यापारीले बताए ।
ठूला भारतीय नोट चल्न छाडेपछी सिमाका सर्वसाधारण समेत किनमेलका लागि भारतिय बजार जान समस्या पैदा भएको सर्बसाधारणहरुले बताउँछन् ।
यसैगरी नोटको चलनचल्तिमा लागेको प्रतिबन्धका कारण स्वास्थ्यपचारमा भारत जाने सर्वसाधारणलाई सर्वाधिक मार परेको पाइएको छ । उनिहरुले भारतमा नेपाली नोटको कारोबार नहुने र नेपालका बैङ्कले समेत २ हजार भारतिय रुपयाँ सम्म मात्र उपलब्ध गराउने भएकाले आफूहरु मार्कामा परेको स्थानीयबासीहरुले बताएका छन् ।
बिगतमा समेत सरकारले भारतिय ५ सय र एक हजार दरको नोटको चलनचल्तिमा रोक लगाएकै थियो तर, ति नोटको कारोबार बन्द भएसँगै सिमामा गैहकानुनी रुपमा नोटको सटही गर्ने कारोबारीहरुले त्यसको राम्रो फाइदा लुट्ने गरेका थिए । त्यस्तै अहिले पनि नोटमाथिको प्रतिबन्धले त्यस्तै धन्दा गर्नेहरुलाई फाइदा पुग्ने केही ब्यवसायिहरुको भनाई छ । काकडभिट्टाका केही ब्यवसायिले भने सरकारको निर्णयले भारतसँगको ब्यापार घाटा कम गर्न मद्धत पुग्ने भएकाले नोटमाथिको प्रतिबन्धले केही असर नपरेको दाबी गरेका छन् ।
यी नोटमाथिको प्रतिबन्धका कारण भारत सँगको ब्यापार घाटा कम गर्न त मद्धत पुग्ला । तर, यसको फाईदा उठाउदै भारतिय सिमावर्ती बजारहरुमा महगो दाममा भारु नोटको कारोबार गर्नेहरुले यसको लाभ लिन सक्ने प्रसस्त बाटो खोलिदिएको छ । त्यस्तै भारतिय शहरमा मजदुरी गरेर त्यवापतको तलव स्वरुप ठूला नोट बोकेर घर फर्कने नेपालीलाई समेत यसले प्रत्यक्ष असर गर्नेछ । तसर्थ नोटमाथि प्रतिबन्ध गरिएको मौका छोपि गैहकानुनि रुपमा भारतिय नोटको कारोबार गरी लाभ उठाउने कारोबारीलाई समेत निरुत्साहित गर्न नसकिए अझ महगोमा भारतिय नोट खरिद गर्नुपर्ने बाध्यता भने कायमै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.