नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई सम्पन्न

नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई सम्पन्न

विराटनगर । नेपाल बिद्यार्थी संघ क्याम्पस एकाईले नेपालको सबै भन्दा पुरानो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सरसफाई गरेको छ । क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी युनियन नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । 48361163_341786329954516_1669039864777015296_n
गुणस्तरिय शिक्षाको आधार स्वच्छ सफा वातावरण हाम्रो अधिकार मूल नाराका साथ आयोजित सो कार्यक्रममा उमेश खत्री सहित नेबिसका सक्रिय बिद्यार्थीहरुको सहभागिता रहेको थियो । क्याम्पसको फिल्ड देखि मुलगेट हुदै मन्दिर लगायत अन्य स्थानहरुमा सरसफाई गरिएको छ । सामान्य फोहोर हुदां पनि अध्ययन गर्न समस्या हुने हुदां अध्ययन गर्न आउने नयां आगान्तुक बिद्यार्थीहरुले पनि क्याम्पस हाता त सफा रहेछ भन्ने सोचुन जस्ले गर्दा सरकारी कलेज महेन्द्र मोरगं आदर्श बहुमुखि क्याम्पस बिराटनगरको उचाई समेत बढ्ने भएको नेबिसका नेता उमेश खत्रीले बताएका छन् । खत्रीले भने यो अभियानलाई निरन्तर दिने र क्याम्पसलाई दुर्गन्धित मुक्त बनाउन सम्पुर्ण अध्ययनरत बिद्यार्थीहरुको सहकार्यमा गरिने समेत बताएका छन् । यो अभियानमा बिद्याथी नेताहरु गुडु शाह, दीपक कटवाल, सुनिल मण्डल, पुष्पिन अधिकारी, मो–तनवीर खान, सन्तोष बाँस्तोला लगायत अन्य बिद्यार्थीहरुको सक्रिय सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.