प्रधानमन्त्रीले बिपक्षीलाई सम्मान गर्नु पर्ने –नेता कोईराला

प्रधानमन्त्रीले बिपक्षीलाई सम्मान गर्नु पर्ने –नेता कोईराला

मोरङ । नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै सरकारमा बसेर बिपक्षीलाई सम्मान गर्नु पर्ने बताएका छन् । मोरङ क्षेत्र नम्बर ३ ले बिराटचौकमा भएको अगुवा कार्यकर्ता भेला तथा निर्वाचित जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई संबोधन गर्दै नेता कोईरालाले यस्तो माग अघि सारेका हुन् ।
कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका डा.कोईरालाले सरकारका पछिल्ला गतिविधिका कारण प्रधानमन्त्री ओलीले आफ्नो नैतिकता माथि नै प्रश्न उब्जाएको दाबी गरे । केहि दिन अघि एक धार्मिक सस्थाले गरेको विवादास्पद ‘एसिया प्यासिफिक समिट’ का लागि तीन–तीन दिनसम्म प्रधानमन्त्री होटलमा बसेर सरकारको निरिहपन प्रर्दशन गरेको उनले बताए । ‘एउटा आईएनजीओको विवादित कार्यक्रममा निरिह बन्ने सरकारले देश चलाउँन सक्दैन ।’ उनले भने ‘प्रधानमन्त्रीले नैतिकता गुमाईसके । एसिया प्यासिफिक समिट पछि मुलुक अर्कै दिशातर्फ गएको महसुस भएको भन्दै उनले यो विषयमा छिमेकी दुई ठूला मुलुक पनि चिन्तित बनेको उल्लेख गरे ।
फरक प्रसंगमा उनले पार्टी प्रवेशको लहरप्रति लक्षित गर्दै प्रतिकुल परिस्थितीमा पनि सत्तारुण दलबाट काँग्रेसमा प्रवेशको लहरले थप उर्जा मिलेको बताए । पार्टी सक्रियतामा र कार्यकर्ताको मनोबल बढाउन पाटी लागिसकेको समेत नेता कोईरालाले बताए ।
मोरङ काँग्रेसका सभापति डिकबहादुर लिम्बुले अरु पार्टीमा जस्तो काँग्रेसमा जुगाको लडाई नरहेको दावी गर्दै नव प्रवेशीहरुलाई उपयुक्त स्थान दिएर पार्टीलाई सक्रियताका साथ अघि बढाउँने प्रतिवद्धता जनाएका छन् ।
राम न्यौपाने, मित्रसेन योञ्जन, मोहन रिमाल लगायत कृष्ण पौडेल स्थानीय बिभिन्न पाटीका कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । कार्याक्रममा महासमिति सदस्य डा.सुनिल शर्मा, केन्द्रिय सदस्य गगन थापाले आफना कुरा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.