मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुर बेलका नगरपालिकाको  सेतीखोलाबाट रामपुर बजार आउने क्रममा  आज आईतबार विहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाईकलमा सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष ४५ को शैलेश माझी र बर्ष १७ का जितेन राई सवार थिए।   नदाहा, चतरा, कोशीपुल रुपनगर सडक खण्डको खारखोलमा मोटरसाईकल अनियन्त्रित भई हुँदा चालक शैलेश माझीको  मृत्यु भएको हो ।

माझीको टाउकोमा गहिरो चोट लागेकोमा उपचारको क्रममा धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ईलाका प्रहरी  कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । माझीसगै सवार जितेन राई गम्भिर घाईते भएका छन । घाईते राईको विपीमै उपचार भईरहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नविन सिंहले बताए । दुर्घटनामा परेको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.