विराटनगर जुट मिलद्वारा उत्पादित भएको सामग्री बिक्रीमा रोक

विराटनगर जुट मिलद्वारा उत्पादित भएको सामग्री बिक्रीमा रोक

सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादपछि उत्पादित  सामग्री बिक्रीमा  रोक लगाइएको छ।
लामो समय त्यसै बसेका मेसिनको परीक्षण सफल भएपछि जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको उत्पादन थालेको थियो । उत्पादन गरिएको २६ टन सुतली उद्योग परिसरमै थन्किएको छ । तिहारअघि नै उत्पादन भएको सुतली बिक्री गर्न आवश्यक पर्ने निर्णय प्रक्रियासमेत सञ्चालकको आधिकारिकतामा अड्किएको हो ।
सञ्चालकबीचको विवाद उच्च अदालत मोरङमा विचाराधीन अवस्थामा छ । अध्यक्ष वसन्त वन आधिकारिक नभएको भन्दै तत्काल काम–कारवाही रोक्न मागसहित उद्योगका अफिसियट मेनेजर रहेको दाबी गर्दै राजेन्द्र कार्कीले मुद्दा दायर गर्नु भएपछि अदालतले परामादेश जारी गरेको छ । अदालतमा मुद्दा विचराधीन रहेपछि उत्पादन भएको सुतली बिक्रीका लागि प्याकेजिङ गरेर राखिएको छ ।
सुतली बिक्री रोकिए पनि बोरा उत्पादनको काम भने थालिएको छ ।उद्योगमा लुमसहित झण्डै चार सय मेसिन छन् । उद्योगका गुणस्तर नियन्त्रक सुचेन्द्र झाका अनुसार उद्योग परिसरमा रहेका २७० लुम (जुट सिलाउने) मेसिनमध्ये एक सयवटाको परीक्षणसमेत सफल भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *