टिभि जोर्नालिष्ट दासलाई प्रहरीबाट दुब्र्यवहार, नेपाल पत्रकार महासंघद्धारा निन्दा

टिभि जोर्नालिष्ट दासलाई प्रहरीबाट दुब्र्यवहार, नेपाल पत्रकार महासंघद्धारा निन्दा

विराटनगर । प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएको नेपाल पत्रकार महासंघले निन्दा गरेको छ ।
विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्यूज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस ? तँ को होस ?’ भन्दै मोबाइल र पत्रकार परिचय पत्र खोसेर जर्बजस्ती भ्यानमा कोच्दै दुई घण्टा विराटनगर बजार घुमाएको दासले बताए ।
‘पत्रकार हुँ’ भनेर परिचय दिँदासमेत ‘तँ जस्ता पत्रकारले नै हो बिगारेको’ भन्दै परिचय पत्र र मोबाइल खोसेर लगेको दासले बताए । उनी नेपाल पत्रकार महासंघका सदस्य पनि हुन । सिभिलमा रहेका घुमुवा जस्ता देखिने प्रहरीले सर्वसाधारणकै बीचमा गाली गलौज र अपशब्द प्रयोग गर्दै भ्यानमा लगेर कोचेको दासले बताए ।
पत्रकारलाई बन्धक बनाई वडा प्रहरी कार्यालयको टोलीले दुई घण्टा घुमाई भट्टीमोडबाट छाडिएको विषयमा आफूँलाई जानकारी प्राप्त नभएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए । भने,‘के भएको रहेछ म बुझ्छु ।’ त्यस्तो नहुनु पर्ने तर भएको के रहेछ त्यो यर्थाथ पत्रकार मित्रहरुलाई म जानकारी दिने नै छु भन्ने कुरा बताए । पत्रकार दासले पत्रकार भएको परिचय खुल्ने प्रमाण दिंदादिदैं प्रहरीले दुव्र्यवहार गरेको गुनासो गरे । घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ प्रदेशले निन्दा ब्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.