हाेमपेज > अर्थ वाणिज्य > अवैध सामान बरामद

अवैध सामान बरामद

पबित्रा संगम, झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित बिभिन्न स्थानबाट प्रहरीले शनिबार ३५ हजार ६० रुपैयाँ मूल्य बराबरको अवैध सामान बारामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १०० कि.लो. हरियो मटर, १२५ कि.लो. मकै र ८० कि.लो. सुख्खा सुपारी त्यसैगरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सर्ट-१५० पिस, पेन्टको कपडा-१ रोल, साडी-२ पिस, तौलिया-४ पिस, कुर्था सुरुवाल-२ पिस, तन्नाह-२ पिस, पटका- नागिन-३१ प्याकेट, चक्र-२९ पिस, झिरझिरे-१० प्याकेट, पेन्टा पटाका-५ पिस, फुलझरी-१० पिस र जगमग -९६ पिस बरामद गरेको थियो । बरामद सामान आजै मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाईने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *