४ जिल्लाका छुट्टा-छुट्टै स्थानमा आगलागी, १८ लाख बढीको क्षति

४ जिल्लाका छुट्टा-छुट्टै स्थानमा आगलागी, १८ लाख बढीको क्षति

पूजा शर्मा, बिराटनगर । १ नम्बर प्रदेश अन्तर्गत मोरङ, धनकुटा, झापा र सुनसरी जिल्लामा भएको छुट्टा-छुट्टै आगलागीबाट अन्दाजी १८ लाख १७ हजार ३ सय ९५ रुपैयाँ मुल्य बराबरको क्षति भएको छ ।
मोरङको सुन्दर-हरैँचा नगरपालिका(७ स्थित गोठगाउँ बस्ने गोबिन्द दुलालको घरमा शनिवार आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको छ । राती सवा ८ बजेको समयमा दुलालको १ तले घरमा बिद्युत लाईन सर्ट भई अचानक आगलागी हुँदा घर, कुखुरा पाल्ने घर सहित १५० वटा कुखुरा जलेर नष्ट भएको छ । उक्त आगलागी राती ९ बजे प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी चौकी बिराटचौकले जनाएको छ । यसै गरी धनकुटाको चौविसे गाउँपालिका(३ बस्ने खम्बा सिंह तामाङको घरमा आगलागी हुँदा अन्दाजी ४ लाख १७ हजार ३ सय ९५ रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । तामाङको ढुंगा माटोले बनेको १ तले घरमा राती ११ बजे अचानक आगलागी भएको थियो । आगलागीबाट तामाङको घर, लत्ताकपडा, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीय वासीको सहयोगमा नियनत्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
झापाको मेचीनगर नगरपालिका(१३ स्थित चारआली चौक बस्ने टेक बहादुर खड्काको घरमा आगलागी हुँदा अन्ददाजी ३ लाख बराबरको क्षति भएको छ । साँझ सवा ६ बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भई अचानक आगलागी हुँदा खड्काको घर तथा घरमा भएको लत्ताकपडा, खाद्यान्न, फर्निचरको सरसामान जलेर नष्ट भएको छ । उक्त आगलागी ३ वटा दमकल नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरी चौकी चारआलीले जनाएको छ । यसै गरी सुनसरीको ईटहरी उप(महानगरपालिका-१० स्थित चुकाटक्का बस्ने शुक्रराज लिम्बुको घरमा आगलागी हुँदा अन्दाजी २ लाख मूल्य बराबरको क्षति भएको छ । शनिवार राती सवा ८ बजे लिम्बुको फुसको छानो भएको भुई तले घरमा चुल्होमा खना पकाउने क्रममा अचानक आगलागी हुँदा घरमा रहेको काठपात, भाडावर्तन, लत्ताकपडा लगायत अन्य सरसामान जलेर नष्ट हुँदा भएको छ । उक्त आगलागी प्रहरी र स्थानीय मानिसको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.