हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिकामा न्युने मौन व्रत सम्पन्न

हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिकामा न्युने मौन व्रत सम्पन्न

शारदा तामाङ, भोजपुर । भोजपुर नगरपालिका ९ काफ्लेमा लामागुरुहरुको उपस्थितीमा भैरहेको न्युने मौन व्रत सम्पन्न भएको छ । हिमालयन महायान विश्व शान्ति बौद्ध गुम्बा भोजपुर नगरपालिका ९ काफ्लेको आयोजनामा कार्तिक ८ गते शुरु भएको मौन व्रत आज सम्पन्न भएको हो ।
९० जना उपासक उपासिकाहरुको उपस्थिती रहेको न्युने ब्रतमा सिल पालन तथा बुम बाचन गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर तामाङले जानकारी दिनु भयो । कार्यक्रममा मोरङ उर्लाबारीका प्रमुख लामा गुरु शेरप थोकर तामाङ, सोनाम थोकर तामाङ लगायत ५ जना लामा गुरु र स्थानिय २७ जना लामा गुरुहरुको उपस्थिति रहेका अध्यक्ष तामाङले बताउनु भयो । न्युने ब्रत बस्नाले हत्या हिंसा बाट मुक्त भई पुन्य प्राप्त हुने धार्मिक विस्वास रहेको गुम्बा व्यवस्थापन समितिका सचिव राम बहादुर तामाङले जानकारी दिनु भयो । बौद्ध गुम्बाले बर्षेनी न्युने मौन व्रतको आयोजना गर्दैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.