भोजपुरमा नेपाल प्रहरीद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन

भोजपुरमा नेपाल प्रहरीद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन

शारदा तामाङ
भोजपुर । भोजपुरमा आज देखी नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशन अनुसार केन्द्र , सबै प्रदेश र ७७ वटै जिल्ला सगै भोजपुरमा पनि कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमको उदघाटन जिल्ला समन्वय समिती भोजपुरका सभापती लक्ष्मण खडकाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा गरिएको हो । हर प्रहर, गाउँ नगर टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रमले जिल्लाका सबै स्थानिय तहमा सुरक्षा व्यावस्था मजबुद हुने विश्वास गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक केशव कुमार थेवेले अवधारणा पत्र प्रस्तुत गर्नु भयो । अवधारणा पत्र पेश गर्दै थेवेले जिल्लाका वटै स्थानिय तहमा शान्ति सुरक्षा कायम राख्न प्रहरी र नागरिक बिच सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
कार्यक्रमका जिल्ला समन्वय समितीका सभापती लक्ष्मण खड्काले प्रहरी साझेदारी कार्यक्रमले सकरात्मक भुमिका खेल्ने विश्वास व्यतm गर्नु भयो । उहाले नगरपालिका र गाउपालिकाका वडाहरुमा कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
सोही कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले मुलुकमा शान्ति सुरक्षा नभए सम्म समृद्ध राष्टको कल्पना सम्म गर्न नसकिने बताउनु भयो । उहाले जनता विना बर्दिका प्रहरी भएको भन्दै बर्दिका प्रहरी सग सहकार्य गरि सबै प्रकारका अपराधिक कृयाकलाप नियन्नत्रण गर्न आम नागरिकको दायित्व रहेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा मेयर आलेले नगरबासीको सुरक्षाका लागी भोजपुर नगरपालिका जस्तो सुकै परिस्थितिमा पनि तत्पर रहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले हरेक घटना न्युनिकरण गर्न प्रहरीले मात्र सम्भव नहुने भन्दै सबैले हातेमालो गर्दै अगाडी बढनु पर्ने धारणा राख्नु भयो ।
उहाले सुरक्षा बिकाशको पुर्व सर्त भएको उल्लेख गर्दै टोलटोलमा पुगेका प्रहरीलाई जनताले सहयोग र सहकार्य गर्न आवश्यक रहेको समेत स्पष्ट पार्नु भयो । कार्यक्रममा जिल्लाका स्थानिय तहका जनप्रतिनिधी , नागरिक समाजका प्रतिनिधी , सुरक्षा निकायका प्रमुख , राजनितिक दलका प्रतिनिधी तथा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.