एजेन्सी । इन्डोनेशियामा दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १ सय ४१ जनाको शव फेला परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जानकारी दिएका छन् । विमानमा १ सय ८८ यात्रु सवार रहेका थिए ।
विमान इन्डोनेसियाको राजधानी जाकार्ताबाट पांकल पिनांग जान लागेको थियाे । विमान जाकार्ताबाट स्थानीय समय अनुसार ६:२० मा उडेको र उक्त जहाज ७:२० मा पांकलमा अवतरण गर्नु परेकाे थियो । घरेलु यात्रु बोकेर उडेको विमान विमानस्थलबाट उडेको १३ मिनेटमा नै समुद्रमा खसेको हो । विमान दुर्घटनापछि अहिलेसम्म १ सय ४१ जनाको शव निकालिएको छ ।
विमान दुर्घटनाकाे कारणा भने अहिलेसम्म पनि पत्ता लागेकाे छैन् ।
Leave a Reply