आफन्तको अस्पताललाई आरोप, गए राती २ शिशुको मृत्यु

आफन्तको अस्पताललाई आरोप, गए राती २ शिशुको मृत्यु

बिराटनगर । बिराटनगरमा रहेको बिराटनगर अस्पतालमा उपचारका क्रम गए राती २ शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । तर आफन्तले भनी अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् । गए राती उपचारको क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो ।
मृतकका आफन्तहरुले बुधवार बच्चामा कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका थिए । सुनसरीका साहेबगंजका उमेश साहकी २ महिनाको छोरी हुन् भने बुधबार शिसुलाई अस्पताल भर्ना गरेपछि अस्पतालका डाक्टर हेमसागर रिमालले शिसुलाई दुधबाट बन्चित भएको हुनाले सोही कारणबाट बच्चाको मृत्यु हुन सक्ने जानकारी दिए ।
त्यस्तै सप्तरीका मोहनपुरका भुमिका सरदारको शिशुको मृत्यु भएको छ । शुक्रबार बिहान शम्भुनाथ मै रहेको स्वास्थ्य चौकीमा नर्मल बच्चा जन्मिएको र बच्चामा समस्या भए पछि बिराटनगर अस्पतालमा रेफर गरेका थिए । स्वास्थ्यकर्मीले बच्चाको श्वास–प्रश्वासमा समस्या भएकोले अन्यत्र लैजान सुझाव दिएपछि उनीहरुले सोही दिन अस्पतालमा ल्याएका थिए । शुक्रवार बिहान जन्मिएको बच्चालाई राती १० बजे अस्पताल भर्ना गरिएकोमा थियो । सप्तरीबाट बिरामी ढिलो आएको र बच्चामा संक्रिमित रोग बढदै गए पछि समस्या आएको अस्पताल प्रशासनले जनाएको छ । तर मृतकका आफन्तहरुले भने बालबालिका सम्बन्धि हेर्ने डाक्टरले चासो नदिएकोले शिशुहरुको मृत्यु भएको बताएका छन् । तर अस्पताल प्रशासनले भने कुनै बिरामीलाई उपचार गर्ने बिधी र तरिकामा कुनै कमी नभएको र सम्लग्न चिकित्सकको समेत कुनै लार्पबाही नभएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.