बिराटनगरको दोस्रो हार

बिराटनगरको दोस्रो हार

बिराटनगर । पीपीएल अन्तर्गत धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई  ७८ रनले जितेको छ  । पोखरा रंगशालामा भएको खेलमा धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमात्रै बनायो ।

५ ओभरमा ५० रन कटाएको विराटनगर सम्हालिन नसक्दा पोखरा प्रिमियर लिगको दोस्रो खेलमा ७८ रनले पराजित हुन पुग्यो । विराटनगरका लागि सुनिल धमलाले २१ रन, मोहमद जाइद आलमले १९ रन, आन्ड्रयु सुविक्षणले १८ र सन्दीप जोराले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । त्यस्तै, विराटनगरलाई १०४ रनमा समेट्न धनगढीका ड्यानीयल लरेन्सले सर्वाधिक ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले २ र रोविन क्षेत्री, कमल सिंह ऐरी र पिटर ट्रेगोले समान एक—एक विकेट लिए ।

त्यस्तै, टस जितेर पहिलो फिल्डिङ रोजेको सन्दीप लामिछानेको टिम विराटनगरले धनगढीलाई सानो लक्ष्यमा रोक्ने तयारी गरे पनि धनगढीका सौरभ खनालको विष्फोटक ब्याटिङपछि १८२ रन बनाएको थियो । सौरभले १३ बलको सामना गर्दै ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएका थिए भने कम बल खर्चेर ४१ रन बनाउने सौरभ दोस्रो ब्याट्सम्यान भएका छन् । यसअघि पोखरा पल्टनका विनोद भण्डारीले ११ बलमा ४१ रन बनाएका थिए । विराटनगरविरुद्ध धनगढीका पिटर ट्रेगोले उत्कृष्ट ब्याटिङ गरेका थिए । ३८ बलको सामना गरेका पिटरले ४ छक्का र २ चौका प्रहार गर्दै ५३ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.