चाडपर्वको विदामा श्रीअन्तुबाट सूर्याेदयको रमाइलो

चाडपर्वको विदामा श्रीअन्तुबाट सूर्याेदयको रमाइलो

चियाबारी , हरियाली , साना-ठूला नदी-नाला , पोखरि, मठ-मन्दिर , तथा अन्य प्राकृतिक सुन्दरता इलामको पर्यटक आकर्षणको मुख्य तत्तव हुन । साँस्कृतिक , प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको यो जिल्ला पहाडकी रानी , नगदेबालीको खानी जस्ता उपनामले चिनिन्छ । इलामको विभिन्न पर्यटकीय गन्तव्य मध्यको एक हो श्रीअन्तु डाँडा । श्रीअन्तु सुर्याेदयको दृश्यावलोकनका लागि प्रसिद्घ छ । सुर्याेदय संगै कंचनजंघा हिमाल, अन्तु पोखरीको सुन्दरता , चियाबारी आदिको दृश्यावलोकन गर्न सकिन्छ  । बिगतमा समाल्बुङ र श्रीअन्तु गाविसको बीचमा पर्ने यो स्थान हाल सूर्याेदय नगरपालिकामा पर्दछ । वि.स. २०४३ मा यसलाई दीपेन्द्र शिखर नामकरण गरिएको भए पनि यसलाई श्रीअन्तु नामले चिनिने गरिन्छ ।

1

कसरी जाने ?
आफ्नो साधन (गाडि,बाइक) लिएर जानलाइ झापा जिल्लाको चारआली हुदै फिक्कल वा पशुपतीनगरबाट श्रीअन्तु सम्म पुग्न सकिन्छ । यदि सार्वजनिक यातायातमा जाने हो भने  विर्तामोड जानु पर्ने हुन्छ त्यहा बाट २५० रुपैया तिरे श्रीअन्तु संम पुग्ने गाडि पाउन सकिन्छ ।

कहाँ बस्ने ?
होटल हरु प्रस्त नखुले पनि होमस्टेमा प्रतिरात ६०० देखि १५०० रुपैयाँसम्म पर्छ । एउटा कोठामा ४ जना सम्म बस्न सकिन्छ ।

के खाने ?
होमस्टेमा सादा खाना तथा मासु खाना आफ्नो इच्छा अनुसार खाना पाइन्छ । सादा खाना दाल , भात , तरकारी, अचार लाई १०० देखि १५० सम्म पर्छ र मासु खानालाई २५० देखि ३०० सम्म पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.