सर्वोत्कृष्ट प्रहरी प्रनाउ कोइरालाले गुण्डा तह लगाउने

सर्वोत्कृष्ट प्रहरी प्रनाउ कोइरालाले गुण्डा तह लगाउने

पुजन घिमिरे ,बिर्तामोड । सर्वोत्कृष्ट प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाले झापाको बिर्तामोड बजारलाई गुणगर्दी न्युनिकरण गर्ने अभियान शुरु गरेका छन् । हालै उनलाई १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले महिनाको सर्बौत्कृष्ट डिएसपीका रुपमा पुरस्कृत गरेका छ ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने र सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरी नै बाट प्रत्येक महिना प्रहरी कर्मचारीलाई सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको हुनाले अधिकृत तर्फबाट उनले सो पुरस्कार पाएका हुन । मनोबल बृद्धि भए सगै उनले झापा जिल्लाका बिर्तामोड बजार क्षेत्रलाई गुण्डा न्युनिकरण गर्ने अभियान शुरु समेत गरेका हुन् । विभागिय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने कार्यहरु सम्पादन गर्ने क्रममा जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, लागू औषध, चोरी जस्ता आपराधिक घटनाहरुमा फरार रहेका अभियुक्तहरु कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानूनी दायरामा ल्याउने सफल भूमिका निर्वाह उनले बिगत बर्षहरु देखि नै गर्दै आएका थिए । पांचथर जिल्ला समेत उनले राम्रो काम गरेकाले जिल्लाबासीहरुले उनलाई सम्मान सहित बिदाई समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.