हाेमपेज > ब्रेकिङ्ग न्यूज > काठमाडाैँमै पैदलयात्रीलार्इ ट्रककाे ठक्कर, ३ काे मृत्यु

काठमाडाैँमै पैदलयात्रीलार्इ ट्रककाे ठक्कर, ३ काे मृत्यु

बिराटनगर । काठमाडौँ उपत्यकामै ट्रकले पैदलयात्रीलार्इ ठक्कर दिँदा ३ जनाकाे ज्यान गएकाे छ । काठमाडाैँकाे लोलाङमा बाटाे हिँडिरहेका पैदलयात्रीलाई ट्रकले ठक्कर दिएकाे हाे ।

ना ६ ख ७८२५ नम्बरको सिमेन्ट बोकेको ट्रककाे ठक्करले एक बालक तथा एक वृद्धा गरी ३ काे ज्यान गएकाे हाे । ठक्करबाट दुर्इ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे र अर्का एककाे उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । मृत्यु हुनेमा ७० वर्षीय वृद्धा तिलकुमारी तिवारी, ६० वर्षीय सावित्री पुडासैनी तथा ३ वर्षीय बालक अजित तिवारी रहेका छन् ।  ठक्कर ट्रकलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

 

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *