रारा ताल जानेको सङ्ख्यामा वृद्धि

रारा ताल जानेको सङ्ख्यामा वृद्धि

बिराटनगर ।  नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो ।

पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारीले बताउनुभयो । रारा जाने पर्यटक नाग्मदेखि रारासम्मको यात्रामा वर्षामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे हुने भएकाले केन्द्रीय सरकार, कर्णाली प्रदेश सरकार, तथा स्थानीय सरकारले राजमार्गको तत्कालस्तर सुधार तथा रारामा व्यवस्थित होटलको स्थापना गर्नुपर्ने अनिवार्य देखिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *