हाेमपेज > Uncategorized > राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

राप्तीबाट चार लाख स्मार्ट लाइसेन्स वितरण

बिराटनगर । यातायात व्यवस्था कार्यालय राप्ती, दाङले करीब चार लाख स्मार्ट लाइसेन्स / सवारी चालक अनुमति पत्र वितरण गरेको छ ।

कार्यालयले अहिलेसम्म तीन लाख ८१ हजार २१९ वटा स्मार्ट लाइसेन्स वितरण गरिसकेको कार्यालय प्रमुख मित्रलाल ढकालले बताए । यातायात विभागबाट एक पटकमा राप्तीमा दुई हजारका दरले स्मार्ट लाइसेन्स आउने गरेको उनले बताए । सवारी चालकमा स्मार्ट लाइसेन्सको माग तीव्र रहेको उनले बताए । नयाँ लाइसेन्स प्राप्त गरेकाले, हराएको, नयाँ नवीकरण गरेको, थप गर्नुपर्ने, लाइसेन्सको विवरण थपघट गर्नुपर्ने भएकाले मात्रै स्मार्ट लाइसेन्स पाउने कार्यालयका नायब सुब्बा शान्तराज गौतमले बताए । राप्तीबाट गएको माघ २७ गतेदेखि स्मार्ट लाइसेन्स वितरण शुरु भएको उनको भनाइ छ । राप्तीबाट विभिन्न सवारीसाधनका गरी जम्मा पाँच लाख ३८ हजार ८९९ लाइसेन्स वितरण भएका छन् । (रासस)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *