च्याम्पियन्स लिगमा सिटीको सहज जित

च्याम्पियन्स लिगमा सिटीको सहज जित

एजेन्सी । म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा शाख्तर डोनेट्स्कबिरुद्ध सहज जित निकालेको छ । लिग अन्तगर्त गएराति सम्पन्न समूह एफको खेलमा सिटीले युक्रेनी क्लब शाख्तर डोनेट्स्कमाथि ३–० को गोलअन्तरले जित निकालेको हो ।

घरेलु मैदानमा डोनेट्स्कलाई पराजित गर्न सिटीका डेभिड सिल्भा, बर्नार्डो सिल्भा र एम्रिक लापोर्टेले गोल गरे । खेलको ३० औ मिनेटमा सिटीले डेभिडको गोलबाट अग्रता बनाएको थियो ।

लगत्तै ५ मिनेटपछि सिटीले अग्रता दोब्बर बनायो । ३५ औं मिनेटमा सिटीका एम्रिक लापोर्टेले गोल गरेका थिए । पहिलो हाफमा २–० ले पछि परेको डोनेट्स्क दोस्रो हाफमा पनि लय समात्न सकेन र थप १ गोलको शिकार भयो । बर्नार्डो सिल्भाले ७१ औं गोल गर्दै सिटीलाई ३–० विजयी बनाए । बिजयीसँगै सिटी समूह ‘एफ’ को शीर्ष स्थानमा पुगेको छ ।

लिग अन्तगर्त मंगलबार भएको समूह जि को खेलमा रोमाले मस्कोलाई पराजित गरेको छ । रोमाको मैदानमा भएको खेलमा मस्को ३–० ले पराजित भएको हो । मंगलबार राति सम्पन्न समूह ई को खेलमा बायर्न म्युनिखले एइके एथेन्सलाई २–० ले हराएको छ । समूह ईको अर्को खेलमा आयाक्स बेन्फिकाबिरुद्ध १–० ले विजयी भयो । समूह एचको खेलमा भ्यालेन्सीयाले योङ ब्वाइजसँग १–१ को बराबरी खेल्दाँ लियोन र टिएसजी होफेनहेनले ३–३ गोलको बराबरी खेलेका छन् । लिग अन्तगर्त आजराति ८ खेल हुँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.