बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार

बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार

बिराटनगर । आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ ।

नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो । घरेलु कामदारमा पठाउने भन्दै उनीहरूलाई एजेन्टले दिल्ली पुर्‍याएर बन्धक बनाएको पीडित महिलालाई उद्धृत गर्दै स्थानीय प्रहरीले जनाएको छ । २१ देखि ४५ वर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्‍याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.