नवलपरासी बस दुर्घटना परि मृत्यु हुनेको संख्या सात पुग्यो

नवलपरासी बस दुर्घटना परि मृत्यु हुनेको संख्या सात पुग्यो

बिराटनगर । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ अरुणखोलामा आइतबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको संख्यासात पुगेको प्रहरीले जनाएको छ ।  यसअगावै मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक विष्ट, जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी र भारत विहार बस्ने विद्यानन्द यादव रहेका थिए ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *