यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुग्यो

यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुग्यो

बिराटनगर । थाइल्याण्डमा सुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुगेको छ । २५ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।

दुई साताअघि भुटानमा सम्पन्न यु–१८ महिला साफ च्याम्पीयनसिपमा उपविजेता बनेर फर्किएका खेलाडी सम्मिलित यु–१९ राष्ट्रिय फुटबल टिमले पहिलो खेल आयोजक थाइल्याण्डसँग खेल्नेछ ।

बुधबार बेलुका सवा ६ बजे थाइल्याण्डसँग खेल्दै यात्रा सुरु गर्ने नेपालले दोस्रो खेल शुक्रबार भारत र समूहको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग खेल्नेछ । नेपालले केही साताअघि यु–१८ साफ च्याम्पीनसिपमा दुवै टोलीलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.