निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्तीको सिफारिस

निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टलाई बर्खास्तीको सिफारिस

बिराटनगर । कञ्चनपुर भीमदत्तनगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई बर्खास्तीको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए ।

अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बित इन्सपेक्टर जगदीश भट्ट लगायतका प्रहरीको कामकारबाहीबारे अनुसन्धान गर्न एआईजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसको आधारमा विष्ट र भट्टलाई बर्खास्तको सिफारिस गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.