आज राति उल्कावर्षा

आज राति उल्कावर्षा

बिराटनगर । आइतबार राति र सोमबार बिहान मृघशिरा उत्कापात हुने भएको छ । ती उल्कापातको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘ओरियनिड मिटियर सावर’ वा मृघशिरा उल्कावर्षा नाम दिइएको हाे । उल्कापात नेपालकाे समयअनुसार कार्तिक ४ गते राति १०:४५ मा देखिन थाल्नेछ। र कार्तिक ५ बिहान ५:४५ बजेसम्म देख्न सकिनेछ ।

उल्का वर्षा हेर्न लागि ३:४५ पछिको समय उत्कृष्ट हुने नेपाल एस्ट्रोनोमिलकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले बताए । ‘त्याे समयमा धेरै नै उल्कावर्षा देखिने हुनाले सर्वसाधारणले खुला अाँखाले हेर्न सजिलाे हुन्छ’, उनले भने । अत्यधिक उल्का वर्षाको बेला प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६७ कि.मि. सम्म हुने भएकोले करिब ७० कि.मि माथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने देखिन्छ ।

के हो उल्का वर्षा ?
पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई बाेलीचाेलीकाे भाषामा उल्कापात भनिन्छ। उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।

के हो हेलीको पुच्छ्रेतारा?
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डहरुको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको थिए । उनको सम्मानमा ‘हेलीको पुछ्रेतारा’ भनिएको हो । यो एक नियमित पुच्छ्रेतारा हो जसले हरेक ७५ बर्षमा सूर्यलाई परिक्रमा हर्ने गर्दछ। सन् १९८६ मा देखिएको यो पुछ्रेतारा अब सन् २०६१ मा देखिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.