शाखा अधिकृतको नतिजा सार्वजनिक

शाखा अधिकृतको नतिजा सार्वजनिक

बिराटनगर । लोकसेवा आयोगले गत मङ्सिरमा राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतसहरका  विभिन्न पदमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले प्रशासन सेवा, सामान्य प्रशासन समूह, लेखा समूह, प्रशासन सेवा राजस्व समूह, लेखापरीक्षण सेवा, परराष्ट्र सेवा, न्याय सेवालगायतमा जम्मा ३९० पदमा विज्ञापन गरिएको थियो ।

नतिजा अनुसार सबैभन्दा बढी स्याङ्जा जिल्लाबाट २८ जना सिफारिश भएका छन् । गुल्मीका १९, झापाका १७, काठमाडौँ र मकवानपुरका १३÷१३ जना, अर्घाखाँचीका १२, पर्वतका ११, खोटाङ र बाग्लुङका १०÷१० जना, धनुषा, नवलपरासी र सुर्खेतका नौ÷नौ जना सिफारिस भएका छन्।

त्यस्तै कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका आठ/आठ जना, दाङ, सप्तरी, सर्लाही र सुनसरीका सात÷सात जना, उदयपुर, चितवन, धादिङ र प्युठानका पाँच/पाँच जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका पाँच/पाँच जना, इलाम, पाँचथर, पाल्पा, बजाङ, बर्दिया, बारा, रौतहट, ललितपुर, सङ्खुवासभा र सिरहाका चार÷चार जना, ओखलढुङ्गा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका तीन/तीन जना छन् ।

सिफारिसमा अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका दुई/दुई जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका एक/एक जना छन्, याे समाचार अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.