दसैंमा दुई दिन भन्दा बढी ओपिडी बन्द नगर्न अस्पताललाई पत्र

बिराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको समयमा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो।

मन्त्रालयले गत असोज २४ गते सचिवस्तरको निर्णय कार्यान्वयनमा ल्याउन देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र पठाइसकेको छ। मन्त्रालयले ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई समेत बोधार्थ पठाएको छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *