राति ९ बजेपछि मदिरा बिक्रीवितरणमा रोक

राति ९ बजेपछि मदिरा बिक्रीवितरणमा रोक

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अनुमति प्राप्त पसलले मात्र मदिरा बिक्री गर्न पाउने जनाएको छ । विजयादशमीलाई लक्षित गरी प्रशासनले सूचना जारी गरेको हो । प्रशासकीय अधिकृत रामचन्द्र ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा चाडपर्वलाई अनुशासित तरिकाले मनाउनका लागि आग्रह गरिएको छ ।

लोकमार्गका होटलबाहेक अन्य होटल राति १० बजेपछि बन्द हुनुका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि १० बजेपछि बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । जुवातास र कौडा खेल्ने, खेलाउनेलाई कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “विशेष चाडपर्व सुरक्षा योजनाअनुसार जिल्लाका सबै स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहुँच विस्तार गरिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.