आज फूलपाती, दशैंघरलगायत घरघरमा फूलपाती भित्र्याइँदै

आज फूलपाती, दशैंघरलगायत घरघरमा फूलपाती भित्र्याइँदै

बिराटनगर । आज बडादशैंको सातौं दिन, देशभरी परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दशैंघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ ।

काठमाडौं हनुमानढोकाको दशैं घर र गोरखामा विशेष समारोहबीच फूलपाती भित्र्याउने चलन छ । फूलपातीको अवसरमा नेपाली सेनाले दिउँसो फूलपाती बढाई तथा निशान प्रदान कवाज समारोह गर्दैछ । घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दशैंको विशेष चहलपहल भने आजको दिनदेखि सुरु हुन्छ ।

आजदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसाय लगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर टीका थाप्न आ–आफ्ना घर फर्किने क्रम पनि तीव्र भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.