गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

गुल्मी । गएराति गुल्मीमा भएको जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बिसुखर्क धौलादिपका गाडी मालिक ३९ वर्षीय लालबहादुर गुरुङ र ५३ वर्षीय चालक भरत गुरुङको मृत्यु भएको छ ।

बाग्लुङ हटियाबाट गुल्मीको बिसुखर्क धौलादिपतर्फ आउँदै गरेको लु १ ज २१८१ को जिप गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा दुर्घटनामा परेको हो ।गाडी सडकबाट तीन सय मिटर तल खसेको थियो ।

जिपमा दुईजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयले आज बिहान दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.