बेलवारीमा च्याउ खेती सम्बन्धी तालिम शुरु

बेलवारीमा च्याउ खेती सम्बन्धी तालिम शुरु

विराटनगर । बेलबारी नगरपालिका वार्ड नं २ का किसानलाई लक्षित गरेर च्याउखेति सम्वन्धी तालिम तथा बीउ वितरण कार्यक्रम संचालन गरिएको छ ।
बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको रमिते सामुदायिक वनको सभाहलमा संचालन भैरहेको च्याउ खेति सम्वन्धी तालिमको संयोजन हरिनारायण महिला विकास समितिले गरिरहेको छ ।
तालिममा वडाका प्रत्येक टोलविकास संस्थाबाट ४–४ जना किसानलाई तालिम दिईएको वेलवारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गौतमले जानकारी दिए । वडा कार्यालयले दिएको जानकारी अनुसार आ.व. २०७५÷७६ को वजेटमा व्यवस्था भएअनुसारको तालिम दिनका लागि वडाले १ लाख छुट्याएको छ । तालिमको सहजीकरण बेलबारी नगरपालिकाका मत्स्य विकास अधिकृत रुद्र फुयाँल र प्राविधिक सहायक महेश कट्वालले गरेका छन् । ४ दिनसम्म चल्ने तालिममा च्याउखेति सम्वन्धी शैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.