निर्मला हत्या प्रकरण : सरकारले दोषिलाई बचाउन लागेको भन्दै बालुवाटारमा प्रदर्शन

निर्मला हत्या प्रकरण : सरकारले दोषिलाई बचाउन लागेको भन्दै बालुवाटारमा प्रदर्शन

 

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घटनाका दोषिलाई बचाउन सरकारले नै भुमिका खेलेको भन्दै अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको निषेधित क्षेत्रमा प्रदर्शन गर्दै उनीहरुले झुटो प्रतिवेदनका आधारमा घटनाका दोषी लुकाउन नहुने बताएका हुन् ।

सरकारले प्रतिवेदन र प्रहरी निलम्बनको बहानामा दोषीलाई उन्मुक्ति दिन खोजेको प्रदर्शनकारीको आरोप थियो । यति लामो समयसम्म पनि पीडित परिवारले न्यायको अनुभुति गर्न नपाउनुमा सरकार दोषी रहेको अधिकारकर्मीको दाबी थियो ।

कञ्चनपुरकी १३ वर्षीया पन्त गत साउन १० गते मृत अवस्थामा भेटिएकी थिइन । सामुहिक बलात्कारपछि हत्या भएको खुलेपनि घटनाका दोषि अझै पत्ता लाग्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.